25, Apr, 2024

लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत

Bagmati Voice
संवाददाता
१८ पुष २०७९, सोमबार १०:४६ | १ साल अगाडी

काठमाडौं । लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन् । दाङ क्षेत्र नम्बर ३ (१) बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित चौधरी हाल पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री छन् । संस्थापन पक्षका चौधरी संविधानसभाका सदस्य समेत हुन् ।

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेताका लागि आधा दर्जन आकांक्षी थिए । संस्थापन पक्षबाट डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिनाले संसदीय दलको नेतामा दाबी गरेका थिए । संस्थापनइतरबाट वीरबहादुर राना र निमा गिरी पनि आकांक्षी थिए ।
लुम्बिनी प्रदेश सभामा कूल ८७ सिटमध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी कांग्रेसका २७ जना सांसद छन् । बहुमत सदस्य संस्थापन पक्षका छन् ।

लुम्बिनी प्रदेश सभामा नेकपा एमाले पहिलो दल हो । उसका २९ सांसद छन् ।

१८ पुष २०७९, सोमबार १०:४६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading