25, Apr, 2024

लुम्बिनीमा कुन क्षेत्रमा कति मतदाता ? यस्तो छ आयोगको तयारी

Bagmati Voice
संवाददाता
१२ आश्विन २०७९, बुधबार ११:३९ | १ साल अगाडी

रुपन्देही । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरुले हरेक क्षेत्रमा आफ्नो सक्रियता बढाएका छन् । निर्वाचन आयोगले पनि आफ्नो काम अघि बढाएको छ । प्रतिनिधिसभातर्फ २६ र प्रदेशसभातर्फ ५२ क्षेत्र रहेको लुम्बिनीमा मंसिर ४ गते हुने निर्वाचनमा लुम्बिनीका करिब साढे ३२ लाख मतदाताले मतदान गर्नेछन् ।

प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशका १२ जिल्लाका ३२ लाख ४९ हजार ६३७ मतदाता मंसिर ४ गते हुने निर्वाचनमा सहभागी हुन पाउँछन् । कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका कुल मतदातामध्ये पुरुष १६ लाख ३७ हजार १३२, महिला १६ लाख १२ हजार ४७१ र अन्य ३४ जना रहेका छन् ।

लुम्बिनीमा सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको जिल्ला रुपन्देही हो । यहाँ प्रतिनिधिसभातर्फ ५ र प्रदेशसभातर्फ १० वटा निर्वाचन क्षेत्र रहेका छन् । रोल्पा, रुकुम पूर्व, प्यूठान र अर्घाखाँचीमा प्रतिनिधिसभातर्फ एक/एक वटा र प्रदेशसभाका दुई/दुई वटा निर्वाचन क्षेत्र रहेका छन् ।

आयोगले निर्वाचनको लागि प्रदेशभर १ हजार ६४९ मतदानस्थल र ३ हजार ८६१ मतदान केन्द्र तय गरेको छ ।

कुन क्षेत्रमा कति मतदाता ?

रुपन्देही

१ (क) ७२,२११
१ (ख) ६७,३४९

२ (क) ६३,५०३
२ (ख) ६३,३०४

३ (क) ६५,५१३
३ (ख) ६७,२७८

४ (क) ५३,३८९
४ (ख) ५७,२७०

५ (क) ७४,६५९
५ (ख) ५४,४७६

बाँके

१ (क) ५५,८४५
१ (ख) ६५,२५५

२ (क) ५०,३१३
२ (ख) ४७,४९६

३ (क) ६१,५९६
३ (ख) ५१,७२६

दाङ

१ (क) ७०,२६७
१ (ख) ६४,४६६

२ (क) ६३,३२२
२ (ख) ७०,४२६

३ (क) ६६,४८६
३ (ख) ७९,९८९

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

१ (क) ६५,११६
१ (ख) ५३,१३४

२ (क) ६६,५०२
२ (ख) ५६,१७८

बर्दिया

१ (क) ८१,९१९
१ (ख) ८०,७४३

२ (क) ८१,६६१
२ (ख) ७०,९६१

गुल्मी

१ (क) ५७,५७९
१ (ख) ६१,७०९

२ (क) ५१,९०४
२ (ख) ५२,४२३

पाल्पा

१ (क) ४९,२५१
१ (ख) ४६,७८२

२ (क) ५६,१२०
२ (ख) ४९,१७३

कपिलवस्तु

१ (क) ७९,४५३
१ (ख) ६१,५६०

२ (क) ६४,५१७
२ (ख) ५७,१५९

३ (क) ६१,०५८
३ (ख) ५४,४८५

अर्घाखाँची

१ (क) ७८,२८६
१ (ख) ८६,४८२

रुकुम पूर्व

१ (क) १७,७७७
१ (ख) १६,३३५

रोल्पा

१ (क) ६८,१६४
१ (ख) ७७,३०७

प्यूठान

१ (क) ७४,६६३
१ (ख) ८५,०९७

१२ आश्विन २०७९, बुधबार ११:३९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading