24, Apr, 2024

लि छियाङ चीनको नयाँ प्रधानमन्त्री हुँदै

Bagmati Voice
संवाददाता
६ कार्तिक २०७९, आईतवार १४:४३ | १ साल अगाडी

बेइजिङ । चीनको नयाँ प्रधानमन्त्रीमा ली छियाङ चयन हुने भएका छन् । ली खछ्याङ पार्टी नेतृत्वबाट बाहिरिएपछि छियाङ नयाँ प्रधानमन्त्री हुने भएका हुन । ली सात सदस्यीय स्थायी समितिमा राष्ट्रपति सीपछि वरियताका दृष्टिले दोस्रो स्थानमा छन् ।

यसअघि सीपीसीको स्थायी समितिबाट प्रधानमन्त्री ली खछ्याङसहित चार जना नेताहरू बाहिरिएका थिए । नयाँ नेतृत्व चयन गर्दै पार्टीको २०औँ महाअधिवेशन शनिबार सम्पन्न भएको छ ।

प्रत्येक पाँच वर्षमा हुने अधिवेशनबाट पार्टी महासचिवसँगै सात सदस्यीय स्थायी समिति र २५ सदस्य पोलिटव्युरो चयन हुन्छ । नयाँ चयन भएको स्थायी समितिमा दुई जना मात्र दोहोरिएका छन् भने पोलिटव्युरोमा एउटा पनि महिला छैनन् ।

६ कार्तिक २०७९, आईतवार १४:४३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading