26, Apr, 2024

लागू औषध अफिमसहित हेटौँडाबाट तीन जना पक्राउ

Bagmati Voice
संवाददाता
२ जेष्ठ २०८०, मंगलवार १२:३१ | ११ महिना अगाडी

हेटौँडा । मकवानपुर प्रहरीले लागूऔषध अफिमसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा प्रहरी टोलीले लागूऔषधसहित तीजनालाई पक्राउ गरेको हो ।

हेटौँडा–७ बाट स्थानीय ५६ वर्षीय जय बहादुर मोक्तान, बारा जिल्लाको निजगढ नगरपालिका–१२ का २४ वर्षीय विष्णुलाल थिङ, मकवानपुर जिल्लाको बकैया गाउँपालिका–६ का ३२ वर्षीय दिनेश थिङलाई २ केजी ९ सय ग्राम लागूऔषध अफिमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

२ जेष्ठ २०८०, मंगलवार १२:३१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading