28, Mar, 2024

लमजुङ्गको बेसीसहरमा सानिमा बैंकको नयाँ शाखा

Bagmati Voice
संवाददाता
९ जेष्ठ २०८०, मंगलवार १३:२१ | १0 महिना अगाडी

काठमाडौं । सानिमा बैंक लिमिटेडले लमजुङ्गमा नयाँ शाखा विस्तार गरेको छ ।

बैंकले लमजुङ्गको त्रिवेणी टोल, बेसीसहर ७ मा बैंकले आफ्नो नयाँ शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो ।

सोमबार नयाँ कार्यालय शाखाको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले संयुक्त रुपमा गरेका हुन् ।

उद्घाटन् समारोहमा मह जोडीले लमजुङ्गको बेसीसहरमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल तथा विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

९ जेष्ठ २०८०, मंगलवार १३:२१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading