19, Apr, 2024

रौतहटमा गएराति विद्युत सर्ट भएर आगलागी हुँदा एकै परिवारका तीन जना बालबालिकाको मृत्यु

Bagmati Voice
संवाददाता
८ मंसिर २०७९, बिहीबार ०८:३२ | १ साल अगाडी

रौतहट । रौतहटको गौरमा गएराति विद्युत सर्ट भएर आगलागी हुँदा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ ।

गौर नगरपालिका-१ स्थित माइस्थान चोकमा रहेको इस्लाम सिरक डसना पसलमा गएराति साढे १ बजे आगलागी हुँदा घरमा सुतिरहेका तीन जना बालबालिकाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा पसल सञ्चालक मोहम्द इस्लामका ९ वर्षीया छोरी रुक्साना खातुन, ७ वर्षका छोरा इमरान मंसुरी, ५ वर्षीया छोरी सविना खातुन रहेका छन् । घाइते हुनेमा २५ वर्षीय मोहम्द इस्लमाइल, २४ वर्षीया नसिमा खातुन र ८ वर्षीय बालक इमरान छन् ।

प्रहरीका अनुसार मध्यरातमा कपास गोदाममा विद्युत सर्ट भएपछि आगलागी सुरु भएको थियो । सिरक डसना बनाएर बिक्री गर्ने सो पसलको गोदाममा रहेका कपासमा आगो सल्किए पछि नजिकै रहेको मोटरसाइकल ग्यारेजमा समेत आगो फैलिएको थियो । जसका कारण अवस्था थप भयावह बनेको थियो ।

आगलागीको समयमा सो घरमा १६ जना रहेका थिए । आगलागी भएको सूचना पाए लगतै गौर नगरपालिकाका मेयर शम्भु साह घटनास्थल पुगेका थिए । गौर नगरपालिकाको वारुणयन्त्र, प्रहरी तथा स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको रौतहटका प्रहरी प्रवक्ता डीएसपी सुनिल मल्लले जानकारी दिए ।

८ मंसिर २०७९, बिहीबार ०८:३२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading