23, Apr, 2024

रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णयबाट पछि हट्यो सरकार

Bagmati Voice
संवाददाता
६ चैत्र २०७९, सोमबार १२:०२ | १ साल अगाडी

काठमाडौं । रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णयबाट सरकार पछि हटेको छ ।

यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले मलमा अनुदान कटौती गर्ने निर्णय गरेको थियो ।

त्यो निर्णय रोक्दै सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको हो ।

बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

६ चैत्र २०७९, सोमबार १२:०२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading