26, Apr, 2024

यो मुद्दा सबै नेपालीको अभिव्यक्ति स्वतन्त्रताका लागि हो, जितेरै छाड्छु : कमेडियन अपूर्व क्षितिज

Bagmati Voice
संवाददाता
४ कार्तिक २०७९, शुक्रबार १४:०८ | १ साल अगाडी

काठमाडौं । अदालतको आदेशपछि रिहा भएका कमेडियन अपूर्व क्षितिज सिंहले मुद्दा जितेरै छाड्ने बताएका छन् । उनले यो आफ्नो मात्र मुद्दा नभएर सबै नेपालीको अभिव्यक्ति स्वतन्त्रताको लागि भएको समेत जनाएका छन् ।

उनी फेसबुकमा लेख्छन्, ‘यो देशको व्यवस्था कस्तो छ भन्ने कुराबारे म नेपाली नागरिकहरुलाई भन्न चाहन्छु । यो मुद्दा कति गम्भीर छ भन्ने कुरा थाहा पाउन जरुरी छ । नेपालमा यस्तो खाले मुद्दा पहिलो हो र यसमा के हुन्छ कसैलाई थाहा छैन । यो मुद्दा हारियो भने जसले जसलाई पनि मुद्दा हाल्न मिल्छ । कसैले केही बोल्न पाउँदैन । मान्छे किन देश छाडेर विदेश जान्छन् भन्ने कुरा मैले बल्ल बुझ्दैछु । तर म जान्नँ । यो मुद्दा म जितेरै छाड्छु । सीए पढेको मान्छे हुँ म । हार मान्न सिकेको छैन । यो मेरो मात्रै मुद्दा होइन, हामी सबै नेपालीको अभिव्यक्ति स्वतन्त्रताको लागि हो ।’

जिल्ला अदालत काठमाडौंले कमेडियन सिंहलाई साढे २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न बिहीबार आदेश दिएको थियो । उनलाई रिहा गर्न चौतर्फी आवाज उठिरहेको थियो ।

नेवारी संस्कृतिमाथि अपूर्वले गरेको स्ट्यान्डअप कमेडीविरुद्ध उजुरीको कारण अपूर्व दशैंअघि नै १२ दिन हिरासतमा बसेका थिए । उनलाई पुनः प्रक्राउ गर्दै प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत काठमाडौंमा फेरि मुद्दा अघि बढाएको थियो ।

यस घटनामा अपूर्वले पहिले नै भिडियो हटाउँदै माफी मागिसकेका छन् ।

४ कार्तिक २०७९, शुक्रबार १४:०८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading