19, Apr, 2024

यू-१९ राष्ट्रिय क्रिकेट मंसिर ७ देखि, पहिलाे खेलमा बागमती र गण्डकी भिड्ने

Bagmati Voice
संवाददाता
१ मंसिर २०७९, बिहीबार १२:३८ | १ साल अगाडी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने वाईवाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । क्यानले बिहीबार सार्वजनिक गरेको खेलतालिका अनुसार प्रतियोगिता मंसिर ७ देखि १९ गतेसम्म हुनेछ ।

सात प्रदेशको टिम सहभागी प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा खेलाइनेछ । खेलहरु कीर्तिपुरस्थित त्रिवि मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा मंसिर ७ गते बागमति र गण्डकी भिड्नेछन् । खेल टीयू मैदानमा हुनेछ ।

उद्घाटन र फाइनल बाहेक अन्य दिन त्रिवि र मूलपानी दुवै मैदानमा खेल खेलाइनेछ । लिग पछि शीर्ष दुई टिमबीच फाइनल खेल मंसिर १९ गते हुनेछ ।

लुम्बिनी प्रतियोगिताको साविक विजेता हो । देव खनाल, अर्जुन साउद, आदिल आलमलगायत खेलाडी यसै प्रतियोगिताबाट चर्चामा आएका थिए । तीनै जनाले राष्ट्रिय टिममा समेत डेब्यू गरिसकेका छन् ।

१ मंसिर २०७९, बिहीबार १२:३८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading