20, Apr, 2024

मोरङ ३ को चुनाव नसर्ने, उम्मेदवार निधन भएको ठाउँमा मनोनयन प्रक्रिया आजैबाट थालिने

Bagmati Voice
संवाददाता
२३ कार्तिक २०७९, बुधबार १२:०५ | १ साल अगाडी

काठमाडौं । मोरङ ३ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपनि त्यहाँको निर्वाचन नसर्ने भएको छ ।

उम्मेदवारको निधनको औपचारिक जानकारी आएपछि आजबाटै निर्वाचन मनोनयन प्रक्रिया सुरू हुने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । यहाँ कांग्रेसले अब अर्को व्यक्तिलाई मैदानमा सार्नुपर्नेछ ।

उनले भने, ‘निर्वाचन हुने मितिको सात दिनअघि उम्मेदवारको निधन भएमा निर्वाचन रोकिँदैन । हामीलाई औपचारिक जानकारी आउनासाथ आजैबाट मनोनयन प्रक्रिया सुरू गर्छौँ ।’

निधन भएका थापा प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री समेत हुन् । सो क्षेत्रमा एमालेका किशोर राई चुनावी मैदानमा छन् ।

२३ कार्तिक २०७९, बुधबार १२:०५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading