19, Apr, 2024

मेगा बैंकको सेयर कारोबार फुकुवा

Bagmati Voice
संवाददाता
२ मंसिर २०७९, शुक्रबार १३:३९ | १ साल अगाडी

काठमाडौं । मेगा बैंकको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्जले बैंकको आधारभूत सेयरधनी बाहेकको सेयर कारोबार फुकुवा भएको जनाएको छ ।

गत जेठ २७ गते नै बैंक नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरको सम्झौता गरेको मेगा बैंकको त्यसयता सेयर कारोबार रोक्का थियो ।

तर नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका संगठित संस्थाको सेयर कारोबार लामो समयसम्म नरोक्न निर्देशिकामा व्यवस्था गरेको थियो ।

सोही निर्देशिका बमोजिम कारोबार फुकुवा गरेको जानकारी नेप्सेले दिएको छ । मेगाको १६ करोड १२ लाख कित्ता सेयर दोस्रो बजारमा सूचीकृत छ ।

२ मंसिर २०७९, शुक्रबार १३:३९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading