25, Apr, 2024

मधेश सरकार बारा २ को उपनिर्वाचनमा केन्द्रीत भएको रास्वपा सांसद झाको आरोप

Bagmati Voice
संवाददाता
३ बैशाख २०८०, आईतवार १४:०८ | १ साल अगाडी

काठमाडौं । राष्ट्रिय स्वतत्त्र पार्टी(रास्वपा) सांसद मनिष झाले मधेश प्रदेश सरकार नै बारा २ को उपनिर्वाचनमा केन्द्रीत भएकोप्रति निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएका हुन्।

आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रदेश सभामा जाँदा केहीपनि नभेटिएको बताए।

उनले भने, ‘ वैशाख १० को उपनिर्वाचनमा मधेश प्रदेशको सरकार बारा २ को निर्वाचन क्षेत्रमा केन्द्रित छ। प्रदेशसभामा जाँदा मुख्यमन्त्रीदेखि कोही भेटिदैनन्। निर्वाचन आचारसंहित र ऐनअनुसार यस्तो गर्न पाइँदैन। तर, किन हुँदैछ? निर्वाचन लोकतन्त्रको आधारभूत सिद्धान्त हो भने लोकतन्त्रको आधार सिद्धान्त कानुनी शासन पनि हो। त्यसलाई ध्यान दिइयोस्। निर्वाचन आयोगको ध्यान केन्द्रित होस्।’

३ बैशाख २०८०, आईतवार १४:०८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading