23, Apr, 2024

मधेश प्रदेशका कृषिमन्त्री कुशवाहाद्वारा अगामी बजेटमा समावेश गर्ने १४ योजना गरे सार्वजनिक

Bagmati Voice
संवाददाता
२७ चैत्र २०७९, सोमबार ०९:११ | १ साल अगाडी

जनकपुरधाम । मधेश प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले आर्थिक वर्ष २०८०/०८१ को बजेमा समावेश गर्ने १४ योजना सार्वजनिक गरेका छन् ।

कृषिमा आवश्यक ठुला परियोजना तथा कार्यक्रमका लागी संघीय मन्त्रालयमार्फत बजेट विनियोजनका लागी सरोकारवाला निकायसँग छलफल पश्चात् आज १४ योजना सार्वजनिक गरेका हुन् ।

अहिले किसान सबभन्दा बढी मलखादको समस्या झेल्न बाध्य छन् । मन्त्री कुशवाहाले मलखादको समस्या समाधान गर्न हरेक वडामा जैविक मलखाद उद्योग स्थापना गर्ने योजनालाई प्राथमिकतामा राखेका छन् ।

हरेक निर्वाचन क्षेत्रमा ठुला कृषि बजार व्यवस्थापन, ५०० टन माथिको कोल्ड स्टोर स्थापना र कृषि औजार कस्टम हायरिंग सेण्टर सञ्चालनमा ल्याउने मन्त्री कुशवाहाको योजना छ । उनले यस्तै हरेक पालिकामा साना कृषि बजार व्यवस्थापन गर्ने पनि बताएका छन् ।

यस्तै प्रदेशका आठै जिल्लामा कृषि पर्यटनका लागी पूर्वाधार विकास, घुम्ती भेट एम्बुलेन्स र स्वाइल ल्याब परीक्षणको व्यवस्थापन मिलाउने पनि मन्त्री कुशवाहाले बताएका छन् ।

उनले किसान कार्ड तथा किसान पेन्सनको व्यवस्थापन, सुलभ तथा सहुलियत ऋणको व्यवस्थापन, बालीनाली तथा पशु पन्छीको बीमा, कृषि बिद्युतीकरण, सिचाई तथा निःशुल्क कृषि मिटर, खेती प्रणालीलाई सेटेलाइटरडिजिटल इमेसिङ सिस्टमसँग जोड्ने र प्रदेशका कृषि उत्पादनका लागी काठमाडौं उपत्यकाभित्र बजार क्षेत्र निर्माण गर्ने पनि बताएका छन् ।

कुशवाहा जनमत पार्टीबाट मन्त्री बनेका छन् । किसान आन्दोलनबाटै उदाएका जनमत पार्टीबाट मन्त्री बनेपछि उनी विगतमा राखेका माग पत्र बोकेरै मन्त्रालयको पदभार ग्रहण गरेका थिए ।

२७ चैत्र २०७९, सोमबार ०९:११ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading