29, Mar, 2024

मकवानपुरका उद्योगी व्यवसायीहरूले आजबाट बैंकमा नगद पैसा जम्मा नगर्ने आन्दोलनको सुरुवात

Bagmati Voice
संवाददाता
२८ फाल्गुन २०७९, आईतवार ०८:२५ | १ साल अगाडी

हेटौँडा । मकवानपुरका उद्योगी व्यवसायीहरूले आजबाट बैंकमा नगद पैसा जम्मा नगर्ने आन्दोलनको सुरुवात गर्ने भएका छन् ।

संघले बैंकको चर्को ब्याजदरविरुद्धको आन्दोलनलाई सहयोग गर्न बैंकमा नगद पैसा जम्मा नगर्न आग्रह गरेको छ ।

संघले एक सूचना जारी गर्दै आफ्ना व्यवसायी र शुभचिन्तकहरूलाई आइतबारदेखि बैंकमा पैसा जम्मा नगर्न आग्रह गरेको हो ।

बैंकको चर्को ब्याजदरविरुद्ध संघ र संघमा आबद्ध वस्तुगत संघ, निर्माण व्यवसायी संघ, नारायणी यातायात व्यवसायी संघ, होटल एशोसिएशन मकवानपुर लगायत विभिन्न व्यवसायिक संघहरुले हेटौँडामा चरणबद्ध आन्दोलन गरिरहेका छन् ।

आइतबार नगद जम्मा नगर्ने, सोमबारबाट सम्पूर्ण बैंकिङ कारोबार बन्द गराउने र ३० गतेदेखि शान्तिपूर्ण रूपमा बैंक बन्द गराउने संघको कार्यक्रम रहेको बताइएको छ ।

२८ फाल्गुन २०७९, आईतवार ०८:२५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading