29, Mar, 2024

बागमती प्रदेशमा कोरोना संक्रमणको दर बढ्यो, एकै दिन ६३ जना संक्रमित

Bagmati Voice
संवाददाता
२१ चैत्र २०७९, मंगलवार ०९:५४ | १२ महिना अगाडी

हेटौँडा । बागमती प्रदेशमा कोरोनाको संक्रमण बढेको छ । प्रदेशको सहरी क्षेत्रहरूमा कोरोनाको संक्रमण बढ्दै गएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सोमबार राती पठाएको तथ्याङक अनुसार सोमबार परीक्षण गरिएकाहरुमध्ये ६३ जनामा संक्रमण फेला परेको हो ।

सोमबार कोरोना संक्रमणको शंका लागेर बागमतीका ३ सय ६६ जनाले परीक्षण गरेका थिए जसमा ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका डाक्टर रविन भुसालले बताए ।

कोरोना संक्रमणबाट बच्नका लागि र सावधानीका उपायहरू अपनाउनको लागि समेत उनले अनुरोध गरेका छन् ।

२१ चैत्र २०७९, मंगलवार ०९:५४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading