24, Apr, 2024

बागमती प्रदेशका मुख्यमन्त्री शालिकरामले प्रदेशमा मन्त्रालयको संख्या घटाउने निर्णयमा गरे पहिलो हस्ताक्षर , १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन

Bagmati Voice
संवाददाता
२६ पुष २०७९, मंगलवार १२:३५ | १ साल अगाडी

हेटौडा । मुख्यमन्त्री पदको शपथ ग्रहणसँगै उनले प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा उपयुक्त मन्त्रालयको संख्या सिफारिस गर्न कार्यदल गठन गरेका छन् ।

पाँच सदस्यीय कार्यदलमा आर्थिक मामला तथा योजना सचिव, आन्तरिक मामिला तथा कानून सचिव, मुख्यमन्त्री कार्यालयका कानून सचिव र मुख्यमन्त्री कार्यालयका प्रशासन महाशाखा सचिव रहेका छन् । आवश्यकता अनुसार अन्य मन्त्रालयका सचिव र विशेषज्ञलाई आमन्त्रण गरिने प्रमुख सचिव निरौलाले जानकारी दिएका छन् ।

कार्यदललाई १५ दिनभित्र प्रतिवेदन वुझाउने समयसिमा तोकिएको छ । पछिल्लो मन्त्रिपरिषदमा बागमती प्रदेशमा १४ मन्त्रालय थिए । चार राज्यमन्त्रीसहित १८ मन्त्री भएपछि ‘झ्याल झ्यालमा मन्त्रालयको बोर्ड टाँगियो’ भन्दै प्रदेश सरकारको आलोचना हुँदै आएको थियो ।

मुख्यमन्त्री जम्मकट्टेलले भने बढीमा ११ वटा सम्म मनत्रालय राख्न सकिनेबारे छलफल थालेको बताइएको छ ।

सोमबार मात्रै प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पनि मन्त्रालयको संख्या घटाउने निर्णय प्रदेश मन्त्रिपरिषद्को बैठकबाट निर्णय लिएको थिए ।

२६ पुष २०७९, मंगलवार १२:३५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading