24, Apr, 2024

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध बानेश्वरमा नाराबाजी, ३ जना पक्राउ

Bagmati Voice
संवाददाता
७ चैत्र २०७९, मंगलवार १६:२३ | १ साल अगाडी

काठमाडौ । काठमाडौ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध बानेश्वरमा नाराबाजी भएको छ।

मंगलबार प्रधानमन्त्री प्रचण्ड ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्रीविरूद्ध नाराबाजी गरेका हुन्।

कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए। तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले ‘आतंककारी प्रचण्ड मुर्दावाद’ भन्दै विरोध गरेका थिए। त्यसबीचमा अर्को एक जना युवाले ‘प्रहरीले मुख बन्द गर्न पाइँदैन’ भन्दै नारा लगाए।

दुवै जना युवालाई प्रहरीले गाडीमा राख्दै गर्दा दुवै जना युवाले ‘गरिब मारा प्रचण्ड मुर्दावाद’, ‘मूल्यवृद्धि खारेज गर’, ‘नालायक सरकार होसियार’, ‘युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन’, ‘७७ जिल्लाका युवा एक हौं’ भन्दै नाराबाजी गरेका थिए।

उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएसँगै कार्यक्रम स्थलमा प्रधानमन्त्री दाहाल पुगेका थिए।

प्रधानमन्त्री दाहाल कार्यक्रम स्थलमा जाँदै गर्दा उनकै अगाडि एक युवाले ‘बैंकको मिटर ब्याज मिनाह गर्’ भन्दै नारा लगाएका थिए।

ती युवालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो।

७ चैत्र २०७९, मंगलवार १६:२३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading