24, Apr, 2024

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधान र राजनीतिक प्रणालीको समीक्षा गर्ने बेला नभएको बताए

Bagmati Voice
संवाददाता
२६ माघ २०७९, बिहीबार १५:५० | १ साल अगाडी

काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया सुधारका विषयमा गरेको अध्ययनबाट प्राप्त प्रारम्भिक निष्कर्ष प्रस्तुतिकरण कार्यक्रममा अहिले नै समीक्षातिर लाग्दा राजनीतिक अस्थिरता आउन सक्ने बताएका हुन् ।

संविधान कार्यान्वयनका लागि अपरिहार्य ऐनहरू बनाउन बाँकी नै रहेको भन्दै संविधानको पूर्ण कार्यान्वयनपछि मात्र समस्या र त्रुटि के छ भन्ने निश्कर्षमा पुग्न सकिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । ‘संविधानले भनेको कुरा पहिला लागू गरौँ । त्यसले के नतिजा दिन्छ, त्यसपछि समीक्षा गरौँला । संविधानमा भएको व्यवस्था लागू नगरी संविधानलाई दोष दिनु हुँदैन’ उनले भने ।

संघीयता बलियो बनाउन संघीय निजामती सेवा ऐन र अरु थुप्रै ऐन बनाउन आवश्यक रहेको भन्दै उनले पहिले ती काम सकेपछि मात्र समीक्षा गर्नुपर्ने धारणा राखे ।

‘अहिले नै समीक्षातिर लाग्यौँ भने राजनीतिक अस्थिरता आउन सक्छ । दर्शन, सिद्धान्त, प्रणाली जनताले धेरै हेर्दैनन्, उनीहरूले आफ्नो जीवनमा आउने परिणाम हेर्छन्’ प्रधानमन्त्री प्रचण्डले भने ।

२६ माघ २०७९, बिहीबार १५:५० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading