26, Apr, 2024

प्रचण्ड पार्टीका जंगबहादुर हुन्, प्रधानमन्त्री बनाएकै भोलिपल्ट इमान-जमान छाडे विश्वास छैनः केपी ओली

Bagmati Voice
संवाददाता
६ चैत्र २०७९, सोमबार १३:२३ | १ साल अगाडी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई आफूले ल्याएर प्रधानमन्त्री बनाएको भोलिपल्टबाटै इमान‍-जमान छाडेको टिप्पणी गरेका छन्।

प्रचण्डले राजनीतिक समीकरण फेरेपछि तीन महिनामै दोस्रो पटक विश्वासको मत लिनुअघि एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्डलाई नातावाद, कृपावाद रमाएर एमाले विरोधी गतिनिधिमा लागेको आरोप लगाए।

उनले भने, ‘प्रधानमन्त्रीजी जुन पार्टीको अध्यक्ष हुनुहुन्छ। त्यो पार्टीका उहाँ बाहेक सबै अरू केही छैन। अलमलमा वा दबाबमा हुनुहुन्छ। प्रधानमन्त्रीजी जंगबहादुर शैलीको हुनुहुन्छ। उहाँले जे भन्यो उहाँहरूले अरूलाई बोल्न पनि दिनुहुन्छ। बोलेझैँ गर्‍यो भनेपनि विपक्षमा बोल्यो भनेर त्यसको पत्ता साफ हुन्छ। अरूसँग मिलेको भन्ने आरोप लाग्छ। एकता गर्नु हुन्न। कदम कदाचित एकता भयो भने पनि तोड्ने उद्योगमा लाग्नुहुन्छ। तोडेर जानुहुन्छ। चुनावी तालमेल गर्दा पनि सरकार बनाउन चाहनुभएन।’

प्रचण्डले पार्टी एकीकरण गरेपछि टिक्न नदिएको आरोप लगाए। वामपन्थी सरकार ढालेर प्रतिगमन भयो भन्दै दक्षिणपन्थी सरकार बनाएको उनको भनाइ छ।

उनले भने, ‘हाम्रो पहलमा वामपन्थी सरकार उहाँकै नेतृत्वमा बनायौँ तर, प्रधानमन्त्री भएकै भोलिपल्ट उहाँले इमान छाड्नुभयो। इमानमा रहन सक्नुभएन।’

उनले प्रधानमन्त्री प्रचण्डप्रति विश्वास नभएको कारणले विश्वासको मत नदिने जिकिर गरे ।

६ चैत्र २०७९, सोमबार १३:२३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading