28, Mar, 2024

पाकिस्तानी क्रिकेटर रिजवानले भेटे नेपाली राष्ट्रिय क्रिकेटरलाई

Bagmati Voice
संवाददाता
२३ माघ २०७९, सोमबार १३:५४ | १ साल अगाडी

पाकिस्तान । क्रिकेटर मोहमद रिजवानले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई भेटेका छन्।

आइतबार नेपाल आएका विकेटकिपर ब्याट्सम्यान रिजवानले सोमबार विहान नेपाली राष्ट्रिय टिमका खेलाडीलाई भेटेका हुन्।

आइतबार साँझ नेपाल क्रिकेट संघ (क्यान) ‍अध्यक्ष चतुबरबहादुर चन्दलाई भेटेपछि रिजवान सोमबार नेपाली क्रिकेटरलाई भेट्न गएका थिए।

रिजवानले बलात्कारको आरोपकाबीच नेपाली टिममा फर्किएका लेग स्पिनर सन्दीप लामिछानेसँग पनि कुराकानी गरिएको बुझिएको छ।

टी-२० ब्याट्सम्यानको विश्व वरीयतामा दोस्रो नम्बरमा रहेका रिजवानले यसअघि आइतबार आफ्ना शुभचिन्तकलाई भेटेका थिए। रिजवान सोमबार नै फर्किएका छन्।

२३ माघ २०७९, सोमबार १३:५४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading