28, Mar, 2024

पदाधिकारी बैठक जारी, कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

पदाधिकारी बैठकमा १४ औं महाधिवेशनका कार्यतालिका हेरफेर गर्नेलगायतका विषयमा छलफल

Bagmati Voice
संवाददाता
१४ असार २०७७, आईतवार १३:०५ | ३ साल अगाडी

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी बैठकले असार १६ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

‘अहिले पदाधिकारी बैठक जारी छ,’ उनले भने, ‘असार १६ गते दिउँसो १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाउने निर्णय भयो।’

आजको पदाधिकारी बैठकमा १४ औं महाधिवेशनका कार्यतालिका हेरफेर गर्नेलगायतका विषयमा छलफल भएको हो। कांग्रेसले फागुन ७ देखि १० सम्म महाधिवेशन गर्ने मिति तोकिसकेको छ।

तर कोरोनाका कारण क्रियाशील सदस्यता वितरण र नवीकरणका काम रोकिएका छन्। अब कसरी यी कामहरू अघि बढाउने र महाधिवेशनका कार्यतालिका हेरफेर गर्नेबारे छलफल गर्न केन्द्रीय समिति बैठक डाकिएको हो।

१४ असार २०७७, आईतवार १३:०५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading