26, Apr, 2024

पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २२४ जना निको २ जनाको मृत्यु

Bagmati Voice
संवाददाता
२५ पुष २०७८, आईतवार १७:०३ | २ साल अगाडी

काठमाडौं । नेपालमा आज पनि कोरोना भाइरस संक्रमितहरुको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एकैदिन ११६७ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार ८८४८ पीसीआर परीक्षण भएकोमा ८४१ र ३७८४ एन्टीजेन परीक्षण भएकोमा ३२६ जनामा कोरोना पुष्टि भएको हो ।

आज २२४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

मन्त्रालयले थप २ जनाको मृत्यु भएको जनाएको छ ।

देशभरी आज कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ७५५ रहेको छ ।

आज काठमाडौं उपत्यकामा मात्रै ६१५ जनामा संक्रमण पुष्टि भएको छ।

२५ पुष २०७८, आईतवार १७:०३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading