28, Mar, 2024

नेपाल स्वयंसेवक संघको केन्द्रीय प्रथम साधारणसभा तथा अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

Bagmati Voice
संवाददाता
२२ कार्तिक २०७९, मंगलवार १५:२९ | १ साल अगाडी

रुपन्देही । केही समयअघि सम्पन्न नेपाल स्वयंसेवक संघको केन्द्रीय प्रथम साधारणसभा तथा अधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारीहरुको पदभार तथा सपथ ग्रहण सम्पन्न भएको छ ।

लुम्बिनी विकास कोषको सभाहल रुपन्देहीमा समारोह सम्पन्न भएको हो । संस्थामा खेमराज पौडेलको अध्यक्षतामा ९ सदस्यीय नव निर्वाचत समिति चयन गरिएको थियो । जसको वरिष्ठ उपाध्यक्षमा रवीन्द्र पौडेल, उपाध्यक्षमा सन्तोष अधिकारी, महिला उपाध्यक्षमा सिन्धु जलसा बुढाथोकी, महासचिवमा कोमल खरेल, सचिवमा पार्वती आचार्य, कोषाध्यक्षमा संदीप गुप्ता निर्विरोध चयन भएका थिए ।

त्यस्तै, सदस्यमा विजया खत्री र गोम विक्रम सदस्यमा चयन भएका थिए भने लेखा समितिमा ३ सदस्यीय चयन गरिएको थियो । जसमा गोपाल खनाल संयोजक, शारदा भुषाल र सुबास बेलबासेलाई सदस्यमा चयन गरिएको थियो ।

नवनिर्वाचित पदाधिकारीहरुलाई गैसस महासंघका पूर्वकेन्द्रीय सदस्य, ईन्चार्ज, मानव अधिकारकर्मी तथा निर्वाचन समितका संयोजक पोमनारायण पौडेलले गोपनियताको सपथ ग्रहण गराएका थिए । पौडेलले नव निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई कार्यकालको हार्दिक बधाई तथा शुभकामनासमेत दिएका थिए ।

त्यस्तै, स्वयंसेवक संघका नवनिर्वाचित केन्द्रीय अध्यक्ष खेमराज पौडेलले यस संस्थालाई अगाडि बढाउन सदैव लागि पर्ने बताए । साथै उनले यस संस्थालाई उच्च स्थानमा राख्न संस्थाका पदाधिकारीहरुको एक रुपता हुन आवश्यक भएको बताउँदै मानव अधिकारकर्मी तथा नागरिक सामाज लगाएत विभिन्न संघ संस्थाहरुसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाए ।

नवनिर्वाचित महासचिव कोमल खरेलले सामाजिक संस्थाहरुको भूमिका महत्वपुर्ण हुने भएको हुँदा लक्ष्य र उद्देश्य पुरा गर्न आफ्नो अहम भूमिका रहने बताइन् । उनले समाजिक बिकासका एजेण्डाहरुबाट नै समाजिक बिकासको रुपान्तरण सम्भव भएको हुँदा यस संस्थालाई अगाडि बढाउन आवश्यक भएको बताइन् ।

त्यस्तै, समाजसेवी केशव खनालले नव निर्वाचित पदाधिकारीहरुलाई कार्यकालको शुभकामना दिंदै संस्थाकोलागि आवश्यक सहयोगका लागि सदैव तयार रहेको प्रतिवद्धता जनाए । साथै यस संस्थाले समाज परिवर्तन गर्नकालागि लाग्न जरुरी देखिएको उनले बताए ।

यसैगरी, समाजसेवी हेम बहादुर खड्का र खुश्बु चौधरीले संस्थाका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिंदै समाज परिवर्तन गर्न युवा, युवतीहरुलाई शसक्तिकरणका लागि यस संस्थाले अगुवाई गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम संस्थाका नव निर्वाचित सचिव पार्वती आचार्यको सहजीकरणमा सम्पन्न भएको थियो ।

२२ कार्तिक २०७९, मंगलवार १५:२९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading