23, Apr, 2024

नेपाल राष्ट्र बैंकको निर्देशनपछि सामुदायिक लघुवित्त वित्तीय संस्थाले घटायो लाभांश

Bagmati Voice
संवाददाता
२६ चैत्र २०७९, आईतवार १२:३५ | १ साल अगाडी

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि सामुदायिक लघुवित्त वित्तीय संस्थाले प्रस्तावित लाभांश संशोधन गरेको छ । ९ चैतमा बसेको सञ्चालक समिति बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ११.०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

तर, नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थालाई १५ प्रतिशतभन्दा बढी लाभांश बाँड्न कडाइ गर्दै प्रस्तावित लाभांश संशोधन गर्न निर्देशन दिएपछि लाभांश घटाएको छ ।

२५ चैतमा बसेको लघुवित्तको सञ्चालक समितिको बैंठकले राष्ट्र बैंकको निर्देशनअनुसार लाभांश संशोधन गरेर १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपनि सेयरधनीमा वितरण हुनेछ ।

२६ चैत्र २०७९, आईतवार १२:३५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading