26, Apr, 2024

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज ४ बजे देउवाको निवास धुम्बाराहीमा बस्ने

Bagmati Voice
संवाददाता
२२ बैशाख २०८०, शुक्रबार १४:४९ | ११ महिना अगाडी

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज शुक्रबार ४ बजे बस्ने भएको छ ।

बैठक सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्न लागेको हो ।

बैठकमा नेविसंघ, तरुण दल, महिला संघलाई पूर्णता दिने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यी तीन भातृ संस्थामा हाल अध्यक्ष मात्रै छन् ।

नेविसंघ दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ, महिला संघमा उषा मिश्र अध्यक्षमा मनोनित भए पनि अरु पदाधिकारी र सदस्यहरू चयन भएका छैनन् ।

२२ बैशाख २०८०, शुक्रबार १४:४९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading