24, Apr, 2024

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसो दुई बजेसम्म स्थगित

Bagmati Voice
संवाददाता
१२ माघ २०७९, बिहीबार ११:५३ | १ साल अगाडी

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसो दुई बजेलाई सारिएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक तीन घण्टा पछि सारिएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टी एकता र समसामयिक विषयमा छलफल हुनेछ । माओवादी केन्द्रका नेताहरुका अनुसार सरकारका कामकारबाही र नेपाल समाजवादी पार्टी (नेसपा) लगायतसँगको एकताको विषय बैठकको एजेण्डा भएको बताए ।

यसअघि माओवादी केन्द्रले नेसपा, एकीकृत समाजवादी लगायत दलसँग पार्टी एकताको पहल गर्ने भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो ।

अन्य दलहरुसँग वार्तामा ठोस प्रगति नभए पनि नेसपासँग भने छिट्टै एकता गरेर जाने समझदारी बनेको नेताहरु बताउँछन् ।

१२ माघ २०७९, बिहीबार ११:५३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading