25, Apr, 2024

नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले लिपुलेक क्षेत्रमा जनगणना गर्न माग

Bagmati Voice
संवाददाता
२० आश्विन २०७८, बुधबार १७:२३ | २ साल अगाडी

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले लिपुलेक क्षेत्रमा जनगणना गर्न माग गरेको छ । अध्यक्ष सुदेश पराजुलीले बुधबार वक्तव्य जारी गर्दै लिपुलेक क्षेत्रमा जनगणना गर्न सुपरीवेक्षक नपठाएकोमा आपत्ति जनाएका छन् ।

चुच्चे नक्सामा समेटिएको दार्चुलाका गाउँहरु कालापानी, लिपुलेक वरिपरिको क्षेत्रमा जनगणना गर्न सुपरीवेक्षक पठाउन अनेरास्ववियूले माग गरेको छ । कूटनैतिक वार्ता मार्फत भारतको बाटो भएर वा हवाई मार्गबाट भएपनि सुपरीवेक्षक खटाउनुपर्ने सुझाव समेत दिइएको छ ।

लिपुलेकसहितको क्षेत्र समेटेर सरकारले नेपालको नयाँ नक्सा जारी गरेपनि जनगणना गर्न सुपरीवेक्षक खटाएको छैन ।

२० आश्विन २०७८, बुधबार १७:२३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading