25, Apr, 2024

नेकपा एकीकृत समाजवादी सचिवालयको बैठक सुरू, मन्त्रालयसहित पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफल हुने

Bagmati Voice
संवाददाता
७ चैत्र २०७९, मंगलवार १२:०० | १ साल अगाडी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएको छ । पार्टी कार्यालय आलोकनगरमा पार्टीको ५४ औं सचिवालय बैठक बसिरहेको हो ।

सरकारमा जाने निर्णय गरिसकेको नेकपा एसले आफूले लिने मन्त्रालयसहित पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफल हुने जनाइएको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएसँगै सरकार गठनको प्रक्रिया अघि बढाउने तयारी गरेका छन् ।

नेकपा एसले गृहसहित आफूले रोजेको तीन मन्त्रालय पाउनुपर्ने बताउँदै आइरहेको छ ।

७ चैत्र २०७९, मंगलवार १२:०० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading