26, Apr, 2024

निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री भेट्दै, मंसिर २ वा ५ मा चुनाव गर्न सिफारिस गर्ने

Bagmati Voice
संवाददाता
२२ असार २०७९, बुधबार ०८:२६ | १ साल अगाडी

काठमाडौं । संघ र प्रदेशको चुनावको मिति सिफारिससहित निर्वाचन आयोगका पदाधिकारीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दैछन् ।

आगामी मंसिर २ वा ५ गतेमध्ये एक दिन प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने आयोगको तयारी छ । आज भेटका लागि प्रधानमन्त्रीको समय लिइसकिएको एक आयुक्तले बताए ।

१२० दिन समय राखेर अबको एक साताभित्रै वा त्यसपछि मन्त्रिपरिषद् बैठक बसेर निर्वाचन मिति घोषणा गर्न सकिने आयोगको सुझाव छ ।

आयोगले एकै चरणमा संघीय र प्रादेशिक तहको निर्वाचन गर्नेगरी सिफारिस तयार पारेको पनि बताइएको छ । भर्खरै सकिएको स्थानीय तहको चुनाव देशैभर एकैपटक गराउन सकिएको भन्दै प्रदेश र संघको चुनाव पनि एकै दिन गर्नका लागि आयोगले मिति सिफारिस गर्न लागेको हो ।

यसअघि २०७४ मंसिरमा दुई चरणमा दुवै तहको निर्वाचन सँगसँगै भएको थियो ।

२२ असार २०७९, बुधबार ०८:२६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading