23, Apr, 2024

निर्वाचनको कारण देखाउँदै मकवानपुरमा राति ८ बजेपछि देउसीभैलो खेल्न प्रतिबन्ध

Bagmati Voice
संवाददाता
६ कार्तिक २०७९, आईतवार १४:५० | १ साल अगाडी

हेटौँडा । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको कारण देखाउँदै मकवानपुर प्रशासनले जिल्लाभर रातको ८ बजेपछि हुने देउसीभैलो कार्यक्रममाथि रोक लगाएको छ । चुनावी गतिविधिहरु निरन्तर जारी रहेको भन्दै प्रशासनले तिहारमा खेलिने देउसीभैलोको रातको कार्यक्रममा कडाई गरेको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले चुनाव नजिक आएको र राजनीतिकतक गतिविधि बढेको भन्दै यो वर्षको तिहारमा हुने देउसीभैलोलाई रातको आठ बजेपछि रोक लगाइएको बताए । उनले दिउँस हुने कार्यक्रममा भने कुनै कडाई नगरिएको स्पष्ट पारे ।

गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई समयसिमा बारे निर्णय गर्न दिएको अधिकारको प्रयोग गरिएको भन्दै प्रजिअ पाण्डेले सो समयभन्दा अधिक कार्यक्रमहरु सञ्चालन गरिए कानुनबमोजिम कारबाही हुने बताए ।

६ कार्तिक २०७९, आईतवार १४:५० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading