23, Apr, 2024

धनुषा क्षेत्र नम्वर ४ मा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव र नेकपा एमालेका सचिव रघुवीर महासेठबीच प्रतिस्पर्धा

Bagmati Voice
संवाददाता
११ मंसिर २०७९, आईतवार ०९:०४ | १ साल अगाडी

जनकपुरधाम । धनुषा क्षेत्र नम्वर ४ मा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव र नेकपा एमालेका सचिव रघुवीर महासेठबीच प्रतिस्पर्धा भइरहेको छ ।
खसेको करिब ८० हजार मतमध्ये लगभग ५५ हजार गणना गर्दा यादव २१ हजार २२४ मत पाएर अग्रता कायम राखेका छन् । उनलाई पछ्याइरहेका यादवले अहिलेसम्म २० हजार २०३ मत पाएका छन् ।

यादव र महासेठमा १ हजार २१ मतान्तर छ । कहिले महतो त कहिले यादव अग्रता लिँदा प्रतिस्पर्धा रोचक देखिएको छ । मिथिला नगरपालिकाको १० वडा र बटेश्वर गाउँपालिकाको ३, ४ र ५ वडाको मत गणना गर्न बाँकी छ ।

बटेश्वरमा महासेठ र यादवको मत बराबर हाराहरीमा आइरहेको छ । तर बटेश्वर जस्तै मिथिलामा पनि बराबर हाराहारीमा मत आयो भने यादव नै विजयी हुने सम्भावना छ ।

करिब १३ वटाको मत गणना गर्न बाँकी रहेकाले अन्तिम परिणाम आज पनि नआउने देखिएको छ । मतगणना एक ठाउँमा मात्र भइरहेकाले भोलि विहानसम्म मात्र अन्तिम परिणाम आउने बताइएको छ ।

११ मंसिर २०७९, आईतवार ०९:०४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading