19, Apr, 2024

त्रिवि सेवा आयोगको ताला खोल्न माग गर्दै अनेरास्ववियुको प्रदर्शन

Bagmati Voice
संवाददाता
१५ श्रावण २०७९, आईतवार १२:५६ | १ साल अगाडी

काठमाडौं । प्राध्यापक र सह-प्राध्यापकको अन्तर्वार्ता सञ्चालनको माग गर्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको कार्यालयबाहिर प्रदर्शन गरेको छ ।

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले गरेको तालाबन्दीका कारण सेवा आयोगको काम ठप्प छ । आइतबार अनेरास्ववियूका विद्यार्थीले सेवा आयोगको समस्या वार्ताद्वारा समाधान गर्न र तत्काल ताला खोल्न माग गर्दै प्रदर्शन गरेको हो ।

अनेरास्ववियुका केन्द्रीय कमिटी सचिवालय सदस्य तथा त्रिवि इन्चार्ज मदन विष्टले सेवा आयोगमा ताला लाग्दा प्राध्यापक र सहप्राध्यापकको पूर्वनिर्धारित परीक्षा सञ्चालनको माग गर्दै प्रदर्शन गरेको बताए ।

नेविसंघले सेवा आयोगले त्रिविलाई एमालेको भर्ती केन्द्र बनाउन खोजेको आरोप लगाउँदै पूर्वनिर्धारित परीक्षा स्थगित नगरेसम्म आयोगका अध्यक्ष लालुप्रसाद पौडेललाई कार्यालय प्रवेश गर्न नदिने भन्दै साउन १३ गते तालाबन्दी गरेको छ ।

१५ श्रावण २०७९, आईतवार १२:५६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading