28, Mar, 2024

तनहुँमा श्रीमतीले ढुंगाले हिर्काउँदा युवकको मृत्यु

Bagmati Voice
संवाददाता
२९ मंसिर २०७९, बिहीबार १५:३७ | १ साल अगाडी

तनहुँ । तनहुँमा श्रीमतीको कुटाइबाट एक युवकको मृत्यु भएको छ ।

घरायसी विवादमा श्रीमती ३६ वर्षकी सुशीला विकले टाउकोमा ढुंगाले हिर्काउँदा ४० वर्षका मनबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

पोखरा महानगरपालिका-३० सिसुवा स्थायी घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका-४ प्रगति टोलमा बस्दै आएक उनीहरुबीच बुधबार राति विवाद भएको थियो ।

सुशीलाले मादक सेवन गरेको पाइएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

२९ मंसिर २०७९, बिहीबार १५:३७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading