23, Apr, 2024

जिल्ला प्रशासन कार्यालय गुल्मीले दिन्छ राति ७-८ बजेसम्मै सेवा

Bagmati Voice
संवाददाता
३ कार्तिक २०७९, बिहीबार १७:४० | १ साल अगाडी

गुल्मी । सामान्यतया कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म हो । त्यही समय भित्र सेवाग्राहीले सेवा पाउने गर्दछन ।

तर जिल्ला प्रशासन कार्यायल गुल्मीले भने कार्यालय समय सकिए पछि समेत सेवा दिने गरेको छ । सेवाग्राहीको चापका कारण रातिसम्मै सेवा दिइरहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा केहि दिन यता राति ७–८ बजेसम्म सेवाग्राहीको लाइन हुने गरेको छ । बुटवलबाट राहदानी बनाउन आएकी मुसिकोट नगरपालिका निवासी सिता घिमिरेले अबेरसम्म बसेर सेवा प्रदान गरेकोमा प्रशासनलाई धन्यवाद दिइन ।

अन्य समयमा दैनिक ३० देखि ५० नयाँ नागरिकता जारी हुने भए पनि अहिले दशै तिहारको बिचमा दैनिक १ सय देखि १ सय ७० सम्म नयाँ नागरिकता जारी हुने गरेको छ । कार्यालयमा कर्मचारीको अभाव भएको कारणले पनि समस्या परेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

३ कार्तिक २०७९, बिहीबार १७:४० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading