28, Mar, 2024

जथाभावी कर्मचारी खटाउदा स्वास्थ्य सेवा प्रभावित

Bagmati Voice
संवाददाता
३० कार्तिक २०७९, बुधबार ०९:०६ | १ साल अगाडी

सुर्खेत । हुम्लामा स्वास्थ्य सेवा कार्यालयको सेवा प्रभावित भएको छ । कार्यालयले पठाएको विवरण भन्दा फरक तरिकाले कर्मचारी निर्वाचनमा खटाउदा स्वास्थ्य सेवा प्रभावित भएको हो ।

जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहले दिएको जानकारी अनुसार ल्याव, फार्मेसी, एक्सरे सेवा र इमरजेन्सीमा कार्यरत स्वास्थ्यकर्मी कार्यालय प्रमुखको जानकारी बिना खटाएकाले सेवा प्रभावमा समस्या भएको हो ।

स्वास्थ्यकर्मी चुनावमा खटिएकाले सेवा प्रवाह बन्द हुने भएकाले सेवाग्राहीको जिम्मेवारी अस्पतालले नलिने समेत सिंहले निकालेको विज्ञप्तिमा जनाएको छ ।

३० कार्तिक २०७९, बुधबार ०९:०६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading