28, Mar, 2024

गुल्मी जिल्ला सदरमुकाम तम्घासमा ३ करोड वढि लागतमा दूध डेरी उद्योग सञ्चालनमा

Bagmati Voice
संवाददाता
१८ फाल्गुन २०७९, बिहीबार १५:२२ | १ साल अगाडी

गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा ३ करोड वढि लागतमा दूध डेरी उद्योग सञ्चालनमा आएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–९ मा स्थानीय ४ जना व्यवसायी मिलेर गुल्मी डेरी उद्योग प्रा.लि. सञ्चालन गरेका हुन् ।

जिल्लामा डेरी व्यवसाय गर्दै आएका नवराज भुसाल, बालकृष्ण भण्डारी, नर्जन श्रेष्ठ र जुद्ध बस्नेत मिलेर डेरी उद्योग सञ्चालन गरेका हुन् । भुसाल नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष समेत हुन भने अरू तीन जना डेरी व्यवसाय गर्दै आएका व्यवसायी हुन् ।

डेरी उद्योगले दैनिक १२ हजार लिटर दूध प्रशोधन गरेर वितरण गर्ने योजना बनाएको छ । हाल उद्योगमा ५ हजार क्षमता भए पनि दूध अभावमा दैनिक झण्डै १ हजार लिटर मात्रै प्रशोधन गरेर बिक्री हुँदै आएको गुल्मी डेरी उद्योग सञ्चालन बालकृष्ण भण्डारीले बताए ।

जसमध्ये गाईको दूध र भैँसीको दूध बिक्री वितरण हुँदै आएको छ । बजारमा गाईको दूध भन्दा भैंसीको दूधको माग धेरै छ ।

डेरी उद्योगबाट हाल दूधका परिकार पनिर, छुर्पी, दही, खोवा र आइसक्रिम लगायत उत्पादन हुँदै आएको छ । जिल्लामा उत्पादन भएका दूध जन्य परिकार स्थानीय बजारसँगै अनेत्र जिल्लामा पनि बिक्री हुँदै आएको छ ।

उद्योगबाट उत्पादन भएको छुर्पी अहिले पोखरा र काठमाडौंमा बिक्री हुने गरेको छ । भने आइसक्रिम गुल्मी जिल्ला भर र छिमेकी जिल्ला बाग्लुङ र अर्घाखाँचीमा बिक्री हुने गरेको छ ।

उद्योगबाट ठूलो परिमाणमा दूध खरिद गर्ने भएकाले पनि दूग्ध उत्पादक कृषकलाई सहज हुने छ । तर गुल्मी जिल्लामा ठूलो परिमाणमा दूध उत्पादन नहुँदा उद्योगले सोचेअनुसारको दूध पाउन सकेको छैन् ।

जसले गर्दा अहिले उद्योगमा अर्घाखाँचीको दुर्गाफाँटबाट दूध आउने गरेको छ । गुल्मी जिल्लाबाट र केहि अर्घाखाँचीबाट दूध आउने गरेको छ ।

उद्योगले किसानले उत्पादन गरेको जति पनि दूध खरिद गर्छ । तर जिल्लामा उत्पादन कम भएकाले दूध पाउन नै समस्या हुने गरेको छ ।

अहिले उद्योगमा आएको दूध तथा दूधका परिकारबाट उत्पादित सामग्री सञ्चालकहरुकै खुद्रा पसलबाट बिक्री हुँदै आएको छ । सुरुवाती चरण भएकाले उद्योगबाट उत्पादन वढाउदै लगिने उद्योग सञ्चालन भण्डारीले बताए ।

उद्योग भित्र ५ जनाले रोजगारी पाइरहेका छन् । उद्योगले उत्पादन गरेका परिकार स्थानीय बजारमा मात्रै बिक्रीका लागि सम्भव नभएकाले अनेत्र लैजानु पर्ने अवस्था रहेको छ । जसको लागि ढुवानीको लागि गाडीको समस्या रहेको सञ्चालन भण्डारीले बताए ।

१८ फाल्गुन २०७९, बिहीबार १५:२२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading