29, Mar, 2024

क्रिकेटर ललित र दिपेशलाई विराटनगर महानगरले सम्मान गर्ने

Bagmati Voice
संवाददाता
६ चैत्र २०७९, सोमबार १०:२७ | १ साल अगाडी

विराटनगर । विराटनगर महानगरपालिकाले क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई एक लाख एक हजारसहित सम्मान गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय टोलीका सदस्य राजवंशी र अन्डर १९ टोलीका सदस्य कँडेललाई सम्मान गर्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ ।

नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने राजवंशी र अण्डर– १९ विश्वकप छनोटमा यूएईविरुद्ध ह्याट्रिक गरी नेपाललाई विश्वकपसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने कँडेललाई एक लाख एक हजार नगदसहित सम्मान गर्ने निर्णय भएको मेयर नागेश कोइरालाको सचिवालयले जानकारी दिएको छ ।

६ चैत्र २०७९, सोमबार १०:२७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading