24, Apr, 2024

काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण

Bagmati Voice
संवाददाता
१५ भाद्र २०७७, सोमबार १८:३८ | ३ साल अगाडी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएन ।

मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी होम आइसोलेसनमा बसेका छन् ।

१५ भाद्र २०७७, सोमबार १८:३८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading