29, Mar, 2024

कांग्रेस गण्डकीका सभापति समानुपातिक सूचीमा, अरु को-को ?

Bagmati Voice
संवाददाता
१० आश्विन २०७९, सोमबार १४:०३ | १ साल अगाडी

पोखरा । गण्डकी प्रदेशसभाका लागि नेपाली कांग्रेसका समानुपातिकतर्फको उम्मेदवारको नामावली सार्वजनिक भएको छ ।

कांग्रेसको समानुपातिक सूचीमा मुख्यमन्त्रीको दाबी गरिरहेका शुक्रराज शर्माको नाम खस-आर्य समूहबाट पहिलो नम्बरमा छ । शर्मा गण्डकी कांग्रेस समितिका सभापति हुन् । मुख्यमन्त्रीका अर्का दाबेदार ध्रुव वाग्ले पनि समानुपातिक उम्मेदवार बनेका छन् । यी दुई नेता सुरक्षित तवरले समानुपातिकबाट निर्वाचित बनेर मुख्यमन्त्री बन्न चाहन्छ्न् ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा शर्मा कास्की क्षेत्र नम्बर ३ मा एमालेका जगत विश्वकर्मासँग हारेका थिए । वाग्लेलाई तनहुँ प्रदेश सभा निर्वाचन २ `ख´ मा किरण गुरुङले हराएका थिए ।

कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीमा किरणबाबु श्रेष्ठ, अशोककुमार श्रेष्ठ, कृष्णशंकर श्रेष्ठ, देवेन्द्र गुरुङ, कर्मा गुरुङ, रेखा गुरुङ, विमला गौचन थकाली, अस्मिता गुरुङ, सुनिता थापा मगर, खगिसरा गुरुङ, सीमा कर्माचार्य, शुक्रराज शर्मा, ध्रुव वाग्ले, डोलबहादुर खड्का, ओम सापकोटा, कल्पना तिवारी, हीरादेवी शर्मा, चिनु पोखरेल, रंगिला आचार्य, कमला लामिछाने, सागर परियार, भीमसेन दमाई, टीका बस्याल र तुलसा नेपाल छन् ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा ३६ जना प्रत्यक्षबाट र २४ जना समानुपातिकबाट निर्वाचित हुन्छन् ।

१० आश्विन २०७९, सोमबार १४:०३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading