18, Apr, 2024

कसैको श्रीमती, छोरा र ज्वाइँलाई जिताउन दिइने अभिव्यक्ति राष्ट्रिय राजनीतिको विषय होइन : ओली

Bagmati Voice
संवाददाता
३० कार्तिक २०७९, बुधबार १४:२० | १ साल अगाडी

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि माओवादी ५-७ सिटमा मात्र सीमित हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले अहिलेको गठबन्धन खरानीको डल्लो भएको भन्दै मंसिर ४ पछि डल्लो फुट्ने दाबी गरे । मंसिर ४ को निर्वाचन पछि माओवादी खरानीको डल्लो फुट्ने र माओवादी सडकमा जाने टिप्पणी गरे ।

उनले मंसिर ४ पछि एमालेको बहुमतको सरकार बन्ने दाबी गरे । एमालेको सरकार बन्ने बित्तिकै ओलीले गठबन्धन नरहने बताए ।

‘यो गठबन्धन मंसिर ४ पछि रहँदैन, ओलीले भने, खरानीको डल्लोजस्तै हो ’, उनले भने ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन २० वर्ष टिक्छ भनी दिएको अभिव्यक्ति प्रति लक्षित गर्दै ओलीले हिजो छोरी बिकाउनको लागि १५ वर्ष भनेको र आज आफू बिक्नका लागि २० वर्ष भनेर हल्ला मात्र चलाइएको बताए ।

गठबन्धन २० वर्ष टिक्छ भन्ने जस्तो भावुक कुरा केही हैन, ओलीले भने, ‘नचाहिने खालका प्रलोभन बाँडेको हो, हिजो छोरी बिकाउन १५ वर्ष भने, आज आफू बिक्न २० वर्ष भन्दै छन् । अरू कसैको श्रीमती, कसैको छोरा, कसैका ज्वाइँलाई जिताउनको लागि लागि दिइने अभिव्यक्ति राष्ट्रिय राजनीतिको विषय बन्दैनन् ।’

३० कार्तिक २०७९, बुधबार १४:२० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading