18, Apr, 2024

एभरेष्ट बैंकबीच प्युजो र सिट्रोन गाडीको खरिदमा कर्जासम्बन्धी सम्झौता

Bagmati Voice
संवाददाता
५ चैत्र २०७९, आईतवार १२:३९ | १ साल अगाडी

काठमाडौं । सांग्रिला मोटर्स प्राइभेटको आधिकारिक ब्रिक्रेता र एभरेष्ट बैंकबीच प्युजो र सिट्रोन गाडीको खरिदमा कर्जासम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार प्युजो र सिट्रोनका गाडी खरिद गर्ने ग्राहकले एभरेष्ट बैंकबाट सहजै कर्जा लिन सक्ने छन् । सम्झौता पत्रमा बैंकको तर्फबाट उपमहाप्रबन्धक गौरव कुमार र सांग्रिला मोटर्सको तर्फबाट सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

बैंकका सबै शाखाबाट ग्राहकलाई गाडीको लागि सुलभ ऋण सुविधा सजिलो उपलब्ध हुने जनाइएको छ ।

५ चैत्र २०७९, आईतवार १२:३९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading