29, Mar, 2024

इन्भेष्टमेन्ट बैंकले ११ र मेगा बैंकले ७.८३ प्रतिशत लाभांश बाँड्ने

Bagmati Voice
संवाददाता
३० कार्तिक २०७९, बुधबार १२:२२ | १ साल अगाडी

काठमाडौं । एक आफूमा गाभिने प्रक्रियामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले लाभांश घोषणा गरेका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक समिति बैठकले आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश भएको हो ।

इन्भेष्टमेन्ट बैंकले शेयरधनीलाई हाल कायम चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार ३२३ रुपैयाँको ११ प्रतिशतले हुन आउने २ अर्ब १ करोड ३८ लाख २९ हजार ५४६ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसैगरी मेगा बैंकले शेयरधनीलाई हाल कायम चुक्ता पुँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार ४५३ रुपैयाँको ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ३.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । दुवै बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।

३० कार्तिक २०७९, बुधबार १२:२२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading