19, Apr, 2024

आयकरको दोस्रो किस्ता चैत मसान्त भित्र बुझाउन विभागको ताकेता

Bagmati Voice
संवाददाता
२६ चैत्र २०७९, आईतवार १३:३७ | १ साल अगाडी

काठमाडौं । आन्तरिक राजस्व विभागले आयकरको दोस्रो किस्ता वापतको रकम चैत मसान्त भित्र बुझाउन ताकेता गरेको छ ।

आयकर ऐन २०५८ अनुसार आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताले करको विवरण र रकमको दोस्रो किस्ता चैत मसान्त भित्रै बुझाउनु पर्छ । यो मितिमा आर्थिक वर्ष (आव) २०७९/८० मा बुझाउनु पर्ने कुल ७० प्रतिशत आयकर बुझाइसकेको हुनुपर्छ ।

विभागले सोही प्रावधान स्मरण गराउँदै कर तथा विवरण बुझाउन भनेको हो । नेपालको कर संरचनामा मूल्य अभिवृद्धि करपछि आयकर महत्वपूर्ण हिस्सा बन्दै गएको छ । चालु आवमा भने सरकारले लक्ष्य अनुसार कुनै पनि कर उठाउन सकेको छैन ।

हेर्नुहोस् सूचनाः

२६ चैत्र २०७९, आईतवार १३:३७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading