26, Apr, 2024

आज सुदूरपश्चिम सरकार गठनका लागि आह्वान गरिँदै

Bagmati Voice
संवाददाता
२० पुष २०७९, बुधबार ०८:१४ | १ साल अगाडी

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख देवराज जोशीले आज दलहरूलाई समय निर्धारण गर्ने भएका छन् ।

प्रदेश प्रमुख जोशीले हिजै समय दिने तयारी गरेका थिए । तर, दलहरूले आजका लागि आग्रह गरेपछि अहिले बिहान १० बजे नयाँ सरकार गठनका लागि समय दिन लागेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको दाबी पेश गर्न एक साताको समय दिन लागेका हुन् । सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य छन् । यहाँ सरकार बनाउन २७ सांसद आवश्यक पर्छ ।

सुदूरपश्चिम प्रदेशमा कुनै पनि एक दलले सरकार बनाउन सक्ने अवस्था छैन । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आज समय निर्धारण गरेसँगै सुदूरपश्चिम प्रदेशले एक साता भित्रै नयाँ सरकार पाउने छ ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ नेकपा एकीकृत समाजवादीका ४ राप्रपाका एक र स्वतन्त्र एक सांसद छन् ।

२० पुष २०७९, बुधबार ०८:१४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading