24, Apr, 2024

अर्थ मन्त्रालयका सचिव तोयम रायाले लिए, राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ

Bagmati Voice
संवाददाता
२८ पुष २०७९, बिहीबार १२:१५ | १ साल अगाडी

काठमाडौँ । अर्थ मन्त्रालयका सचिव तोयम रायाले राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् ।

बिहीबार अर्थ सचिव रायालाई कायममुकायम प्रधानन्यायाधीश कृष्ण कार्कीले राष्ट्र बैंक सञ्चालकको पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

राष्ट्र बैंकको सञ्चालकको सदस्य अर्थ मन्त्रालयका अर्थ सचिव हुने व्यवस्था छ । अहिले अर्थमा नयाँ सचिव आएकाले तत्कालीन अर्थ सचिव कृष्णहरी पुष्करको ठाउँमा राया सञ्चालक बनेका हुन् ।

केही दिन अघि अर्थ सचिवमा नियुक्त भएका तोयम रायालाई आज राष्ट्रबैंकको सञ्चालक सदस्यको पद तथा गोपनीयताको शपथ गराइएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

२८ पुष २०७९, बिहीबार १२:१५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading