20, Apr, 2024

अन्तिम विकेटका लागि ८३ रनको साझेदारीसँगै यूएईले नेपाललाई दियो १७७ रनको लक्ष्य

Bagmati Voice
संवाददाता
२ मंसिर २०७९, शुक्रबार १२:४८ | १ साल अगाडी

काठमाडौं । आर्यान अफजल खानको अर्धसतकमा एकदिवसीय श्रृङखलाको अन्तिम खेलमा युनाईटेड अरब ईमिरेट्स(यूएई)ले नेपाललाई १ सय ७७ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा १ सय ७६ रनको योगफल तयार गर्यो ।

तीन ओभरको समाप्तीमै महत्वपूर्ण तीन विकेट गुमाएको यूएईका लागि कुलश भुर्तेलको बलमा बोल्ड आउट हुनु अघि अलिसन शरार्फुले ३३ रन बनाए ।

यस्तै, रोहन मुस्तफाले २४ रन र ओपनर मोहमद वासिमले ११ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन नसकेको अवस्थामा तल्लो क्रमका ब्याटर हजरत बिलाल र आर्यानले युएईको इनिङ सम्हालेका थिए ।

३१.१ ओभरमा यूएई ९३/९ को अवस्थामा थियो । त्यसपछि क्रिजमा आएको आर्यानले हजरतसँग ८३ रनको साझेदारी गर्दै यूएईको इनिङ उकासेका थिए । उनले अविजित ५४ रनको महत्वपूर्ण इनिङ खेले । हजरतले २० रन जोडे ।

नेपालको बलिङमा गुलसन झा र दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले दुई/दुई विकेट लिए भने, सोमपाल कामी, ललित राजवंशी रे समान एक विकेट लिए ।

२ मंसिर २०७९, शुक्रबार १२:४८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading