24, Apr, 2024

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले घुस लिएको अभियोगमा एक जना कार्यालय सहयोगीलाई पक्राउ

Bagmati Voice
संवाददाता
१८ असार २०७७, बिहीबार १५:२५ | ३ साल अगाडी

हेटौडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले घुस लिएको अभियोगमा एक जना कार्यालय सहयोगीलाई पक्राउ गरी अनुसनधान प्रक्रिया अगाडि बढाइएको छ ।

विशेष सूचनाका आधारमा उक्त आयोगको कार्यालयबाट खटिएको टोलीले घरेलु तथा साना उद्योग कार्यालय बाराका कार्यालय सहयोगी खेमराज चौधरीलाई कार्यालयकै परिसरबाट रु दश हजार घुस रकमसहित पक्राउ गरिएको आयोगको कार्यालयले जनाएको छ ।

होटल सञ्चालनका लागि अनुमतिपत्र बनाई दिन सहयोग गर्ने भन्दै कार्यालय सहयोगी चौधरीले उक्त रकम मागेकाले उनलाई रङ्गेहात पक्राउ गरिएको बताइएको छ । पक्राउ परेका कार्यालय सहयोगी चौधरीलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रीय कार्यालय काठमाडौँ पठाइने तयारी भइरहेको आयोगको कार्यालय हेटौँडाका सूचना अधिकारी शिवराज रेग्मीले जानकारी दिए ।

१८ असार २०७७, बिहीबार १५:२५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading