30, May, 2023

स्ववियु निर्वाचन परिणामबाट अनेरास्ववियु उत्साहित, स्थगित भएका कलेजमा तत्काल चुनाव गराउन माग

बागमती भ्वाइस न्युजडेस्क
७ चैत्र २०७९, मंगलवार १४:४४ | २ महिना अगाडी

काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुले स्थगित भएका कलेजमा तत्काल स्ववियु चुनाव गराउन माग गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले विभिन्न बहनामा निर्वाचन अवरुद्ध भएका क्याम्पसहरूमा तत्काल स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा तत्काल चुनाव गराउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली विद्यार्थी आन्दोलनको दौरान हाम्रा अग्रजहरूको बलिदानीपूर्ण संघर्षबाट स्थापित स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनेकौं षडयन्त्रका बीच लामो समयदेखि हुन सकिरहेको थिएन । यही चैत ४ गते त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका आंगिक, सामुदायिक तथा निजी गरी करिब ३०० कलेजमा सम्पन्न भएर मत परिणामहरू आइरहेका छन् ।’

सम्पन्न स्ववियु निर्वाचनले आफूहरूलाई उत्साहित बनाएको उल्लेख गरेका छन् ।

‘विभिन्न गठबन्धनहरूलाई चिर्दै अनेरास्ववियुको पक्षमा देशव्यापी जुन परिणाम आएको छ, यसले हामीलाई थप शक्ति र हौसला प्रदान गरेको छ । नेपाली विद्यार्थी आन्दोलनलाई ऊर्जा थपेको छ । गठबन्धन मुलुकको अस्थिरता र विकासको बाधक हो भन्ने सन्देश आजको स्ववियु निर्वाचनको परिणामले देखाएको छ विज्ञप्तिमा भनिएको छ ।

७ चैत्र २०७९, मंगलवार १४:४४ मा प्रकाशित