29, Nov, 2022

सुनसरी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार भीम आचार्यले झिनो मतको अग्रता

बागमती भ्वाइस न्युजडेस्क
८ मंसिर २०७९, बिहीबार १५:०५ | ५ दिन अगाडी

सुनसरी । सुनसरी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार भीम आचार्यले झिनो मतको अग्रता बनाएका छन् ।

सुरुवातदेखि नै अग्रता बनाइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लालविक्रम थापालाई आचार्यले १५९ मतले पछि पारेका छन् ।

उनले ११ हजार ६२ मत ल्याउँदा थापाले १० हजार ९०३ मत पाएका छन् । नेपाली कांग्रेसका सीताराम मेहता ८ हजार ४०३ मतका साथ तेस्रो स्थानमा छन् ।

८ मंसिर २०७९, बिहीबार १५:०५ मा प्रकाशित