30, Nov, 2022

नवलपरासी १ बाट कांग्रेस नेता शशांक कोइराला विजयी

बागमती भ्वाइस न्युजडेस्क
८ मंसिर २०७९, बिहीबार १४:१२ | ५ दिन अगाडी

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइराला लगातार चौँथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी भएका छन् ।

निकै प्रतिस्प्रर्धाबीच कोइराला दुई हजार ८२ मत अन्तरले विजयी भएका हुन् । गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार एक सय २६ मत आउँदा नेकपा (एमाले)का कृष्णप्रसाद पौडेलको २५ हजार ४४ मत प्राप्त भएको थियो ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमको पक्षमा २३ हजार तीन सय एक मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

८ मंसिर २०७९, बिहीबार १४:१२ मा प्रकाशित